बजेट / र कम

पाेखरा | असार १५, २०८२

बजेट / र कम

कुमार तामाङ, लमजुङ ।


माफ गर्नुहोस् महोदय ! 

यो बजेट शब्दको 

ठेट नेपाली समकक्षी 

थाहै भएन मलाई 

लाग्छ यो शब्द 

हाम्रै बोलिचालीको 

‘रकम’ सँग नजिक छ 

 

सुन्दै रङ्गिन लाग्ने 

रकम जो छ 

साथैमा सधै ‘कम ’ भन्ने विशेषण 

बोकी हिड्छ, लुखुर/लुखुर 

एउटा आश्चर्य ! 

यो रकम 

सफाचट / टाइसुटधारी

​सुटकेसधारी / लुटकेसधारी 

सफा साडिवाला / महङ्गो गाडीवाला 

पुटुक्क पुष्टिएको पेट 

भोगटे झै भुक्क परेको गाला 

गलाको महङ्गो माला 

सबै सबैलाई सधै कम लाग्ने गर्छ 

 

अर्को आश्चर्य 

यो रकम यति पक्षपाती छ कि 

सजिव भन्दा निर्जिव 

हुदाखाने भन्दा हुनेखाने 

जिवित भन्दा मृत 

कामको भन्दा नामको 

मामको भन्दा दामको 

समिप बस्छ प्रत्येक साल 

 

तसर्थ 

दिन्छु भनेर ठोकुवा नगर्ने 

लुते रकम हरेक बर्ष 

दिइने छ / मिलाइने छ / देखाइने छ 

पोस्याइने छ / लुकाइने छ 

लुटाइने छ / लुटिइने छ 

भन्दै अदृश्य भविष्यको 

कल्पना मात्रै गर्छ 

तर 

दिने कसरी / कस्लाई / किन ? 

केही बोल्दैन 

 

जिउन सङ्घर्ष गर्नेहरुको 

हुर्मत तिर्ने 

रवाफी रकम 

प्रत्येक वर्ष 

पितृहरुको नाममा घ्वाप्पै घोप्टिन्छ 

 

हरेक साल 

मृत मदन,  स्वर्गबासी सान्दाजु 

सान्दाजुको पनि भाई 

पुष्पलाल, गणेशमान 

हुदाँहुदाँ

​जिउदो हुदाँ अकुत कुम्ल्याएको 

खुम बहादुर जी पनि 

आफ्नो भागमा 

रकम छुट्याउन सक्छन् 

 

विडम्बना ! 

सर्वहाराको सवालमा 

खुसुक्क बोल्छ 

एकपाँऊ मल / त्यति नै जति बिऊ 

एकदुई पत्ता सिटामोल 

एक पुरिया  जिवनजल 

स्कुले नानीहरुलाई 

म्याद नाघेको एकपोका चाउचाउ 

किरै सराबरिको मैदा / आटाको 

रकम छुट्याइने छ 

र...कम छुट्याइने ।
 

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्